19.1 C
Kathmandu
 

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले जातीय हिंसाबाट जोगाए समुदायलाई, यूएनद्वारा उच्च प्रशंसा

काठमाडौं । दक्षिणी सुडानमा खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दालाई ठूलो जातीय हिंसाबाट जोगाएको छ ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, “शान्ति स्थापनार्थ दक्षिण सुडानमा क्युइबेट इलाकामा तैनाथ श्री कालिध्वज गण अन्तर्गतको टेम्पोररि अपरेटिङ बेसबाट मिति २०७७ मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरुलार्य सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन् ।”गणको हेडक्वार्टर तैनाथ रहेको स्थान रमबेकबाट करिब ७० किमि उत्तर पश्चिममा अवस्थित क्युइबेट इलाका नजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि घटनाले जातीय रुप लिएको थियो । कंगोर तथा अइयल जातिका मानिसहरुबीच हिंसाको रुप लिएको थियो । हिंसा भड्किन नदिन सह सेनानी विज्ञान विष्टको नेतृत्वमा एक टोली परिचालन गरिएको थियो ।

उक्त टोलीले त्यहाँ सम्भावित ठूलो जातीय हिंसाबाट समुदायलाई जोगाएको नेपाली सेनाले जनाएको छ । स्थिति सामान्य भएपछि मिसनमा रहेका अन्य अवयव पनि शान्ति कायम गराउने कार्यमा लागेका थिए ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघले पनि उच्च प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर