25.1 C
Kathmandu
 

आजको राशिफल : मिथुन उत्तम, कन्या अनुकुल

२०७६, आषाढ २७ गते शुक्रबार 

मेष : दिन प्रतिकूल छ । आटे ताकेको काममा व्यवधान आउनेछ । मुख्य कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

वृष : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । नयाँ कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

मिथुन : दिन उत्तम छ । कार्य सम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । महŒवपूर्ण निर्णय गरिनेछ । आत्मबल बढ्नेछ ।

कर्कट : दिन उचित छ । स्वास्थ्य सबल रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

सिंह : दिन प्रतिकूल छ । काममा सावधानीको खाँचो रहनेछ । मनमा अस्थिरता र दुविधाले डेरा जमाउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

कन्या : दिन अनुकूल छ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति चासो बढ्नेछ ।

तुला : दिन सार्थक छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । उपयुक्त निर्णय गरिनेछ । धन प्राप्ति हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक : दिन भाग्योदयकारक रहनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

धनु : दिन प्रतिकूल छ । आटेको काममा विलम्ब हुनेछ । उच्च खर्च र बड्पप्नले हानी नोक्सान गर्नेछ । निकै सचेत रहनु पर्नेछ ।

मकर : दिन उत्तम छ । आय आर्जनमा वृद्धि हुनेछ । अनुसन्धानका क्षेत्रमा गति थपिनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ ।

कुम्भ : दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । उन्नति प्रगति हुनेछ । मान वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ ।

मीन : दिन सार्थक खालको छ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । धर्मकर्मले मनमा सन्तोष प्राप्त हुनेछ । शरीर पनि तन्दुरुस्त रहनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर