19.1 C
Kathmandu
 

युनाइटेडको पुनरागमन जितमा काभानी नायक

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनमाथि पुनरागमन जित निकालेको हो ।

साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इडिन्सन काभानीले दुई गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले एक गोल गरे । उता साउथह्याप्टनका लागि जान बेन्डारेक र जेम्स वार्ड पोयसले एक–एक गोल गरे ।

खेलको २३ औं मिनेटमा बन्डारेकले गोल गर्दे साउथह्याम्पटनलाई अग्रता दिलाए । ३३ औं मिनेटमा वार्ड पउसेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले पछि परेको युनायटेडले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भएको हो । खेलको ५९ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा पुगाए ।

७४ औं मिनेटमा काभानीले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्यूरी समयमा गोल गर्दै काभानीले युनाइटेडलाई ३–२ गोल अन्तरले जित दिलाए ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । लिगमा ९ खेल खेलेको युनाइटेडले १६ अंक जोडेको छ । १० खेल खेलेको साउथ ह्याप्टन १७ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर