14 C
Kathmandu
 

संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीयताको ओचित्य पुष्टि गर्ने काम आफूहरुकै भएको बताएका छन् ।

संघीय संसदको आयोजनामा शुक्रबार सुरु भएको संघ र सात प्रदेशका पदाधिकारहिरुबीचको अन्तर्क्रिया कार्यक्रम उद्घाटन गर्दै उनले संघीयताको औचित्य पुष्टि गर्ने काम आफूहरुको भएको बताए ।त्यस्तै, सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । संसदको अधिवेशन नचलेको अवस्थामा पनि समितिहरु पनि सक्रिय हुनुपर्नेमा उनले बताए । संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने उनको भनाइ थियो ।

उनले कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको पनि बताएका छन् । दुईदिन हुने अन्तर्क्रियामा सभामुख सापकोटाले राजनीतिक दलहरुभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव आफूसँग रहेको बताए । त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननीय सांसदहरुमा पनि विज्ञता नभईकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुपर्‍यो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुपर्‍यो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन उनीहरुले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्छन् । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरु भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन । सामान्य प्रशिक्षणहरु भएको छैन र हामीले संघीय संसदबाट पनि सांसदहरुलाई प्रशिक्षणको वातावरण बनाउन सकेका छैनौं ।’’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए । पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको बताए । यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इच्छा, आकांक्षा र भावना समेटेर कानुन निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताए ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताए । सबै कुराको वातावरण बने पनि ऐनकै कारण काम नहुने स्थिति देखापरेको उनको भनाइ छ । त्यसैले अबको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानुनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरुलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए । ‘‘संघबाट हुनुपर्ने कतिपय ऐन कानुनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठ्यारो छ । संघ र प्रदेशले बनाउनुपर्ने कतिपय नबन्दाखेरी स्थानीय तहलाई अप्ठ्यारो छ । वातावरण बनिरहेको छ तर ऐनकै कारणले झेल्नुपर्ने भएको छ । जे जति छन भोलिका दिनहरुमा यति लामो अवधि गइसकेको छ अब यो हिउँदे अधिवेशनमा कम्तिमा पनि ऐन त बन्‍ने परिमार्जन हुने संशोधन हुने जाने प्रक्रिया हुन्छन् भइरहन्छन्,’’ उनले भने, ‘‘तर संघले ऐनहरु नबनाइदिएर हामीले काम गर्न पाएनौं भनेर प्रदेश र स्थानीय तहले गुनासो नहुनेगरी अव बाँकी नीति बनाएका छौं तिनलाई कार्यान्वयनमा लाने हो । म कानुनमन्त्रीलाई विशेषगरी भन्न चाहन्छु त्यस्ता ऐन जति सबै यो हिउँदे अधिवेशनमा पास गरेर अब प्रदेश र स्थानीय तहका लागि संघले बनाउने कुनै पनि ऐनहरु बाँकी छैन भनेर भन्न सक्ने हामी बनाउनुपर्छ ।’’

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताइन् । उनले कति गते बोलाउने भन्ने टुंगो नलागे पनि नियमित अधिवेशन सुरु हुने बताइन् । अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधिसभाका सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको उनको भनाइ थियो । उनले भनिन्, ‘‘हाम्रो नियमित अधिवेशन अन्त्य भएको धेरै समय बितिसक्यो । नियमित अधिवेशन प्रवेश गर्ने बेला भइसकेको छ । तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेको छु । र कर्मचारी साथीहरुलाई पनि भनेको छु । यहाँको अवश्यक पूर्वतयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिए । मैले अहिले भर्खरै राष्ट्रियसभाको हल हेर्दा बनाउनुभएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ । प्रतिनिधिसभाको सम्भवतः त्यसै गर्नुभएको होला । हामी नियमित अधिवेशनका निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर निमित अधिवेशन आह्‍वान हुन्छ । त्यसका लागि सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुलाई त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ ।’

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसात् गर्दै जानुपर्ने बेला आएको पनि बताइन् । परिवर्तन, विकास र चेतनालाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...