9 C
Kathmandu
 

उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार ११६ प्रतिनिधिले मतदान गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा १ हजार १ सय १६ जनाले मतदान गर्ने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूचीअनुसार एसोसिएट्स, द्विराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार १ सय १६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्ने भएका छन् ।

महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९ सय ४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १ सय १ र जिल्ला नगर उद्योग वाणिज्य संघका १ सय ५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यकारी समिति निर्वाचन गदैछ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

चन्द्रप्रसाद ढकाल टिमबाट जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी किशोर प्रधान टिमबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् । हिजोदेखि सुरु भएको महासंघको साधारण सभाको क्रममा भोली शनिबार मतदान हुँदैछ ।

मतदानका लागि महासंघले तीन फरक फरक ठाउँमा व्यवस्था गरेको छ । प्रज्ञा प्रतिष्ठान, कमलादी, महासंघ सचिवालय टेकु, र कार्की ब्याङ्केट बबरमहलमा जिल्ला तथा नगर, एसोसिएट र वस्तुगतको मतदान गर्ने व्यवस्था महासंघले मिलाएको छ ।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...