9 C
Kathmandu
 

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै बैठक सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता डा.रोजनाथ पाण्डेले भौतिक रुपमा तयारी भइसकेको बताए ।

“हामीले सेन्सरयुक्त उपकरण जडान गर्ने, दूरी कायम गर्नका लागि सिटहरु थप्ने काम गरिसकेका छौं,” उनले भने ।अगत असार १८ गते संसदको अधिवेशन अन्त्य भएको थियो । तर, लामो समय बितिसिक्दा पनि संसद सुरु नभएको भन्दै आलोचना भइरहेको छ । संविधानको धारा ९३ मा संसद अधिवेशनको आह्वान र अन्त्यसम्बन्धि व्यवस्था छ । जसमा संसदको एउटा अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सो व्यवस्थाअन्तर्गत पुस १८ अघिनै संसदको अधिवेशन सुरु भइसक्नुपर्ने हुन्छ । संसद सचिवालयका प्रवक्ता पाण्डेले सोअघिनै संसद बैठक सुरु हुने बताए । तर, सरकारले संसदको अधिवेशन कहिलेबाट सुरु गर्ने भन्ने विषयमा भने संसद सचिवालयलाई जानकारी गराएको छैन । संवैधानिक व्यवस्थाअनुसार अब एक महिनाभित्र संसद सुरु गर्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले सो अवधिमै बैठक सुरु हुने भन्दै तयारीमा जुटेको छ ।

सत्तारुढ दल नेकपाभित्रको विवादका कारण संसद बैठकसमेत बन्धक बनिरहेको छ । संसद बैठक छिटो सुरु गर्नुपर्नेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी पनि छ । कांग्रेस सचेतक पुष्पा भुसाल जतिसक्दो छिटो संसद बैठक सुरु गर्नुपर्ने बताउँछिन् । प्रतिपक्षी दलहरुले पनि सरकारलाई संसद बैठक सञ्चालनका लागि आवश्यक दबाब दिन सकेका छैनन् ।

पूर्वसभामुख समेत रहेका कांग्रेस नेता तारानाथ रानाभाट संसद बैठक टार्नु जनताको अपमान भएको बताउँछन् । “संसद् बैठक टार्नु जनताका प्रतिनिधि र जनतामाथिको नाङ्गो ठट्टा हो । कि संसद भंग गरेर जानुपर्छ होइन भने जनताका प्रतिनिधिसको सम्मान गर्नुपर्छ,” संसदको अन्योलताबारे टिप्पणी गर्दै उनले भने । रानाभाट पहिला पहिला अहिलेजस्तो संसद बैठक टार्न पाए हुन्थ्यो भन्ने नरहेको पनि बताए । बरु संसद भङ्ग नै गरेको उदाहरण भए पनि बैठक टार्ने काम भने अहिलेजस्तो पहिला नहुने गरेको उनले स्मरण गरे ।

संसद नचल्दा जनताले भोगिरहेका समस्याहरु उठ्ने ठाउँनै बन्द भएको भन्दै उनले संसदलाई बन्धक बनाउन नहुने सुझाव दिए । सत्तारुढ दल नेकपाभित्र विवाद चर्कंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चल्दै गरेको संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । त्यतिबेला उनलाई आफूमाथि अविश्वासको प्रस्ताव ल्याउने हो कि भन्ने डर थियो ।

संसद् अधिवेशन अन्त्यपछि उनले राजनीतिक दल विभाजनका लागि सहज हुनेगरी राजनीतिक दलसम्बन्धि अध्यादेशकै तयारी गरेका थिए । संसद अधिवेशन सुरु भएपछि सरकारले अध्यादेश ल्याउन मिल्दैन । नेकपा विवाद नथामिए सो अध्यादेश ल्याउने मूडमा प्रधानमन्त्री ओली रहेकाले संसद अधिवेशन नबोलाइएको ठान्छन् कांग्रेस सांसद गगन थापा ।

नेकपाभित्रको संसद अधिवेशन हठात् अन्त्य गर्दाको आन्तरिक विवाद कायमै रहेकाले प्रधानमन्त्री ओलीले ततकालै संसद अधिवेशन बोलाउनका लागि अग्रसरता लिइहाल्दैनन् भन्ने केही सांसदको आशंका छ । तर संवैधानिक बाध्यताका कारण पुस १८ अघि नै बैठक बोलाइसक्नुपर्ने छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...