9 C
Kathmandu
 

प्रदेश २ मा बाल र वृद्धभन्दा मध्यम उमेरका संक्रमित धेरै

जनकपुर । कोरोना भाइरस (कोभिड १९) ले सामान्यत: बालबालिका तथा ज्येष्ठ नागरिकमा सहजै संक्रमण हुने गर्छ । प्रदेश २ का विभिन्‍न जिल्लामा संक्रमित भएकाहरुको उमेर समूह हेर्दा जवान व्यक्तिहरुमा नै बढी संक्रमण फैलिएको देखिन्छ ।

प्रदेशस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबारसम्म यस प्रदेशमा १६ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । तीमध्ये १० वर्षमुनिका जम्मा २ प्रतिशत बालबालिकाहरुमा संक्रमण देखिएको छ । १० वर्षमुनिका ३८६ जना बालबालिका संक्रमित छन् ।११ वर्षदेखि १९ वर्ष उमेर समूहका एक हजार सात सय ९५ जना अर्थात् ११ प्रतिशत संक्रमित भएका छन् भने २० वर्षदेखि ५९ वर्ष उमेर समूहका १३ हजार १६० जना अर्थात् ७९ प्रतिशत संक्रमित छन् । ६० वर्षभन्दा बढी उमेरका ६ प्रतिशत अर्थात् ९ सय ७४ जना संक्रमित भएका छन् । तथ्यांकअनुसार कुल संक्रमितमध्ये २ सय ६९ जना अर्थात् १ दशमलव ६२ प्रतिशत संक्रमितको उमेर समूह खुल्न सकेको छैन ।

प्रदेश २ मा अहिलेसम्म दुई हजार आठ सय ७७ जना महिला र १३ हजार सात सय सातजना पुरुष गरी १६ हजार पाँच सय ८४ संक्रमित भएका छन् । तीमध्ये एक सय ९० जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६ सय ५६ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांकले पुष्टि गर्छ । तथ्यांकअनुसार शुक्रबार यस प्रदेशका सबै (८) जिल्लामा गरी ७६४ जना सक्रिय संक्रमित छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...