22 C
Kathmandu
 

राष्ट्रिय सपना पूरा गर्न हामी एक अर्कालाई चाहिन्छौं: भारतीय विदेश सचिव

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताएका छन्।शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिँदै श्रींगलाले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताए।

उनले आधुनिक र मध्यम आए भएको मुलुक बनाउने भारतको सपना रहेको बताए।

‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक-अर्कामा निर्भर छौं, एक-अर्कालाई चाहिन्छौं।’उनले भारतको बजार नेपाली कम्पनीहरूका लागि सधैँ खुला रहेको र नेपालको जलविद्युत दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने तर्क गरे।

प्रवचनका क्रममा उनले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनेपछि राजनीति र कूटनीतिक रूपमा दुई देशबीच भ्रमण बढेको र त्यसले सम्बन्धलाई मजबुद् बनाएको बताए।

परम्परागत सम्बन्धदेखि २०७२ को भूकम्प र अहिलेको कोरोनाभाइरसमा पनि भारतले नेपाललाई सक्दो सहयोग गरेको बताए।

उनले भारतमा अहिले पाँच वटा कोरोना खोपको अनुसन्धान भइरहेको बताए। भारत संसारकै ठूलो खोप उत्पादक भएकाले कुनै खोपले स्वीकृति पाउनासाथ उत्पादन हुने खोपमा नेपालको आवश्यकतालाई प्राथमिकता दिइने उनले आश्वासन दिए।नेपालीमा प्रवचन सुरू गरेका श्रींगलाले नेपालीमै अन्त्य गरेका थिए।

बिहीबार नेपाल आएका श्रींगलाले हिजै महत्वपूर्ण राजनीतिक र कूटनीतिक भेटवार्ता गरेका छन्। उनी आज गोरखामा र मनाङ पुगेर भारतीय सहयोगमा पुनर्निमार्ण भएका विद्यालय, निजी घर र गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ।

श्रींगला आजै स्वदेश फर्किने छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ११२ जनामा कोरोना संक्रमण पुष्टि

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । यो सँगै नेपालमा...

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइटमा मात्रै हेर्न पाइने

१३ फागुन, काठमाडौं ।  अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यस अघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको...

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...