19.1 C
Kathmandu
 

‘मिस यू’ म्यारोडोना…

काठमाडौं । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

१९६० मा अर्जेन्टिनाको सानो सहमा जन्मेका म्यारोडोनाले लमो समय विश्व फुटबललाई आफ्नो खेल क्षमतामार्फत खुसी दिलाए । उनको उत्कृष्ट खेल प्रदर्शनबाट कसैलाई फुटबलमा लाग्ने प्ररणा मिल्यो भने कसैलाई फुटबलमा सफलता मिल्यो ।
अर्जेन्टिना फुटबलका लागि लामो समय धेरै योगदान गरेका म्यारोडोनाको मृत्युले विश्व फुटबल समर्थहरुमा निरासा छाएको छ । उनले लामो समय क्लब फुटबल र राष्ट्रिय टोलीका लागि उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई लोभ्याएका थिए ।म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियाजस्ता युरोपका क्लबबाट खेलेका उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षकसमेत थिए । सन् १९७६ मा अर्जेन्टिनोस जुनियरबाट क्लब फुटबलको सुरुवात गरेका उनले सन् १९९७ सम्म विश्व फुटबलमा बेग्लै खालको चमक देखाउन सफल भएका थिए । अर्जेन्टिनाको सिनियर फुटबलमा भने उनले १९७७ देखि १९९४ सम्म उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए ।

अर्जेन्टिनाका समर्थकहरुले उनको निधनप्रति दुःख व्यक्त गर्दै सबै सहरमा उनको समर्थन देखाउँदै जुलुसमा निस्किएका हुन् । उनीहरु सबै म्यारोडोनाको मृत्युप्रति शोक जनाउँदै पोस्टरहरु लिएर सडकमा आएका छन् । अर्जेन्टिनामा म्यारोडोनाको शोकमा राष्ट्रिय शोकको घोषणा पनि गरिएको बीबीसीले जनाएको छ । म्यारोडोनाको शोकमा उनको पूर्वक्बल बोका जुनियर्सको खेल पनि सारिएको छ ।

बिहीबारका लागि तय भएका खेलहरु म्यारोडोनाको निधनका कारण सारिएको छ । बोका जुनियर्सको मैदानमा धेरै समर्थक भेला भएका थिए । जहाँ सबैका आखाँमा आँसु देखिन्थो । उनीहरु म्यारोडोनाले फुटबलमा दिएको योगदानको कदर गरिरहेका थिए । रोयटर्सले लेखेको छ, “स्टेडियमको चारैतिर म्यारोडोनाको समर्थन देखिन्थ्यो । जहाँ सबै समर्थकले आँसु बगाइरहेका थिए ।”

समर्थकहरुले विश्व फुटबलका राजा म्यारोडोनालाई सम्झँदै ‘मिस यू म्यारोडोना…, लिजेन्ड नेभर डाई’ भन्ने पोस्टर नापोलीको स्टोडियमबाहिर उपस्थित भएको डेली मेलले जनाएको छ । म्यारोडोना अर्जेन्टिनाका लागि एक फुटबलर मात्र नभएर धेरै खेलाडीका लागि प्रेरणका स्रोतका रुपमा पनि छन् । उनी एक राजनितिक क्षेत्रका मानिसहरुले रुचाउने खेलाडी पनि थिए । म्यारोडोनालाई आफ्नो आइडल मानेर फुटबल खेल्ने धेरै समर्थकहरु पनि छन् । जसले आफ्नो फुटबल जीवन म्यारोडोनाको समर्थनमा बिताए ।

म्यारोडोनाले आफ्नो फुटबल जीवनबाट अर्जेन्टिनालाई मात्र होइन् । विश्व फुटबल क्षेत्रमा पनि धेरै देखिन्छ । म्यारोडोनाको फुटबल करिअरदेखि दक्षिण अफ्रिकी मुलुकका धेरै व्यक्तिले सिकेका छन् । दक्षिण अफ्रिकी फुटबल विकासमा म्यारोडोनाको धेरै हात छ ।

लिजेन्ड कहिले मर्दैनन्
धेरै फुटबल खेलाडीहरुको आफ्नो फुटबल करियरमा सफलताको हकदार म्यारोडोनालाई लिन्छन् । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि म्यारोडोनाको मृत्युले एक महान् फुटबल हस्तीको अन्त्य गराएको बताएका छन् ।

मेस्सीले म्यारोडोनाको निधनप्रति दुःख व्यक्त गर्दै लिजेन्ड कहिले पनि नमर्ने बताए । उनले सामाजिक सन्जालमा लेखेका छन्, “यो सबै अर्जेन्टिना र अर्जेन्टिनी फुटबलका लागि दुःखको दिन हो । उनी हामीसँगै छन् किनकि लिजेन्ड कहिल्यै मर्दैनन् ।”

त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका लागि कालो दिन भएको बताएका छन् । उनले एक लिजेन्डरी फुटबलरलाई गुमाउँदा दुःख महसुस भएको बताएका छन् । “उनको निधन छिटै भयो । तर, उनी हामीसँगै छन् । उनको भौतिक शरीरले हामीलाई छाडेर गए पनि उनको आत्म हामीसँगै रहनेछ । म्यारोडोना तिमीलाई हामी भुल्न सक्दैनौं,” रोनाल्डोले सामाजिक सन्जालमा लेखेका छन् ।

त्यस्तै ब्राजिल फुटबलका पिता भनेर चिनिने पेलेले पनि म्यारोडोना जस्तो खेलाडी गुमाउनु परेकामा दुःख व्यक्त गरेका छन् । उनले एक दिन स्वर्गमा उनीसँगै फुटबल खेल्ने विश्वास रहेको बताए । म्यारोडोनाको निधनपछि पेलेले सामाजिक सन्जालमार्फत पेलेले उनको परिवारलाई ईश्वरले शक्ति दिऊन् भनेका छन् ।

“यहाँ धेरै कुरा भन्नुपर्नेछ । त्योभन्दा पहिला उनको परिवारलाई शक्ति मिलोस् । मलाई आशा छ हामी आकाशमा सँगै फुटबल खेल्नेछौं । मैले एक राम्रो साथी र लिजेन्ड गुमाएँ,” पेलेले सामाजिक सन्जालमा लेखेका छन् ।

अर्जेन्टिका राष्ट्रपति अल्बार्टो फर्नान्डेजले पनि म्यारोडोनाको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको स्काई स्पोर्टस्‌ले जनाएको छ । अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका म्यारोडोनालाई समर्थहरुले कहिले भुल्ने छैनन् । म्यारोडोनाले अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

राष्ट्रिय टोलीका लागि उनले ९१ खेलमा ३४ गोल गरेका थिए । उनी लामो समय क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीका रुपमा चिनिएका थिए । उनले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियालगायत क्लबबाट खेलेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर