22.1 C
Kathmandu
 

लिभरपुल एटलान्टासँग पराजित

काठमाडौं । प्रिमियर लिग च्याम्पियन क्लब च्याम्पियन्स लिग फुटबलमा एटलान्टासँग पराजित भएको छ । बुधबार राति भएको खेलमा लिभरपुल एटलान्टासँग २–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिरभपुल इटालियन क्लबसँग पराजित हुन पुगेको हो । एटलान्टालाई जित दिलाउन जोसिफ लिकिक र रोविन गोसेन्सले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बारबरी खेलेको एटलान्टाले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो । खेलको ६० औं मिनेटमा जोसिपले गोल गर्दै एटलान्टालाई खेलमा अग्रता दिलाए ।

६४ औं मिनेटमा गोसेन्सले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै एटलान्टाले च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनाएको छ ।

लिगमा चार खेल खेलेको एटलान्टा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पराजित लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर