13 C
Kathmandu
 

जुम्लामा खुले विद्यालय

खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ ।”

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताइन् । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...