16.1 C
Kathmandu
 

उच्च विन्दु पछ्याउँदै नेप्से, ५० महिनापछि १८०० माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा चार वर्षपछि १८०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबार उतारचढावबीच केही समय नेप्से १८०० माथि पुगे पनि बन्द हुँदा १७८२ अंक भएको थियो ।

गत साता दुई कारोबार दिन उच्च अंकले बढेको नेप्सेमा लगानीकर्ताले नाफा बुक गरेर पर्ख र हेरको अवस्थामा आइतबार सामान्य वृद्धि र सोमबार सामान्य करेक्सन भएको नेप्से बढ्ने क्रमले मंगलबार पुन निरन्तरता पाएसँगै १८०० अंक माथि पुगेको छ । आज बजार परिसूचक नेप्से २९.६८ अंकले बढेर १८१०.११ अंकमा बन्द भएको छ । जुन २०७३ असोजयताकै उच्च रहेको नेप्सेले जनाएको छ ।नेप्सेले उच्च विन्दु पछ्याउँदै गएको देखिन्छ । अब नेप्से अल टाइम हाई पुग्ने ७१ अंकले मात्रै टाढा छ । अहिलेसमम नेप्सेको उच्च विन्दु १८८१ हो । साढे ४ वर्षअगाडि १८८१ पुगेर फर्केको नेप्सेले पछिल्लो समय तीन वर्षभन्दा लामो वियरिस ट्रेन्ड अन्त्य गर्दै अहिले बुलिस ट्रेन्डमा लम्कँदै गरेको छ ।

तिहारपछि लगातार उच्च रकमको कारोबार हुने क्रममा मंगलबार पनि निरन्तरता पाएको छ । गत बिहीबार ६ अर्ब ११ करोडको कारोबार भएको नेप्सेमा आइतबार ६ अर्ब ९० करोडको कारोबार भएको थियो । मंगलबार आज करिब साढे ५ अर्बको कारोबार भएको छ ।

आज नेप्सेमा १९६ कम्पनीको ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । ४९ हजार ७८३ वटा कारोबारमा एक करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

व्यापार समूहको सूचक सबैभन्दा धेरै ८.२३ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषजस्ता पुँजीकरणका आधारमा ठूला कम्पनी रहेको अन्य समूहको सूचक ४.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ समूहले पनि सामान्य टेवा दिएको छ । जसले गर्दा बजार परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । बजार बढ्नुमा जीवन बिमा, निर्जीवन बिमा सँगै उत्पादन र हाइड्रोपावर समूहको पनि साथ छ । बजारलाई लिड गर्ने बैंकिङ सूचक भने शून्य दशमलव ११ प्रतिशतले मात्रै बढेको छ । सोल्टी होटेलको सेयर मूल्य सबैभन्दा धेरै ओरालो लाग्दा होटेल समूहको सूचक भने घटेको छ । .

होटेल समूहको सूचक भने १.६५ प्रतिशतले घटेको छ । नेपाल धितोपत्र बोर्ड नेप्से तथा बजारका विज्ञहरु लगानीकर्तामा देखिएको पाजेटिभ सेन्टिमेन्ट नै नेप्से बढ्नु र उच्च कारोबार हुनुको मुख्य कारण रहेको बताउँछन् । यद्यपि यस्तो अवस्थामा लगानीकर्ता सचेत हुनुपर्ने सरोकारवालको भनाइ छ । अहिले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता, तथा न्यून ब्याजदरका कारण राजनीतिमा देखिएको अस्थिरताका बाबजुद पनि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ ।

आज नेप्सेमा एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३७ करोड ३३ लाखमाथिको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको २८ करोड ५१ लाख र नेपाल पुनर्बिमा कम्पनीका २५ करोड ८२ लाखमाथिको कारोबार भएको छ ।

आज नेप्सेमा बोटलर्स नेपाल तराई, विशाल बजार कम्पनी, हिमालन डिस्टिलरी, आँखु खोला जलविद्युत्, मल्टीपर्पोस फाइनान्स, अजोड इन्स्योरेनस र न्यादी ग्रुप पावर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । गुमाउनेमा भने सोल्टी होटेल, सप्तकोसी विकास बैंकलगायतका लगानीकर्ता छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर