20.1 C
Kathmandu
 

लिभरपुलका सलाह कोरोना मुक्त

काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना मुक्त भएका छन् । सालाहमा गत नोभेम्बर १३ मा कोरोना संक्रमण देखिएको थियो ।

आइतबार सलाहको कोरोना रिपोर्ट नेगेटिभ आएको क्लबका मुख्य प्रशिक्षक योर्गेन क्लोपले पुष्टि गरेका छन् । सलाहले अब एटलान्टाविरुद्धको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना छ । क्लबका मुख्य प्रशिक्षक क्लोपले भनेका छन्, “मलाई लाग्छ सलाह सबै परीक्षणका लागि सामान्य छन् । मंगलबार च्याम्पियन्स लिगले गर्ने परीक्षणमा पनि उनी स्वस्थ देखिनेछन्,” क्लोपले स्काई स्पोर्टस्‌सँगको कुराकानीमा भने ।सलाहले प्रिमियर लिगमा लेस्टरसँगको खेल गुमाएका थिए । लिभरपुलले उक्त खेलमा जित निकालेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर