22.1 C
Kathmandu
 

सोसिडाडको साँघुरो जित

काठमाडौं । रियल सोसिडाडले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले साँघुरो जित निकालेको हो ।

सोसिडाडले काडिजलाई १–० गोल अन्तरले पराजित गरेको हो । काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे ।

खेलको ६६ औं मिनेटमा इसाकले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

लिगमा १० खेल खेलेको सोसिडाडको २३ अंक छ । पराजित काडिज १४ अंक जोडेर छैटौं स्थानमा छ । आइतबार राति नै भएको अर्काे खेलमा भालाडोलिडले ग्रानाडालाई पराजित गरेको छ । त्यस्तै आलाभेस र भ्यालेन्सीयाले २–२ गोलको बराबरी खेलेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर