8 C
Kathmandu
 

नेकपा वीरगन्जका नेता चौरसिया हत्याका मुख्य आरोपी पक्राउ

काठमाडौं, मंसिर ७। प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्।

उनलाई प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

चौरसियाको हत्या गत कात्तिक ६ गते भएको थियो। त्यसयता अशेसर फरार थिए।

अलौ नेपाल-भारतको दसगजा क्षेत्र हो। उनी त्यहाँ लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली गएको थियो।

विन्दवासिनी-५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको थियो।

सो घटनामा मुख्य तीन आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...