13 C
Kathmandu
 

क्याटरिङ व्यवसाय थला पर्‍यो : व्यवसायी भन्छन्- तत्काल खुला नगरिए प्रतिकार गर्छौं, आफैं खोल्छौं

काठमाडौं । कोभिड १९ का कारण गत चैतदेखि बन्द भएको क्याटरिङ व्यवसाय अझै खुला भएको छैन । अन्य व्यवसाय बिस्तारै खुला गरिँदै गए पनि सरकारले यो व्यवसायतर्फ वास्ता नगरेको व्यवसायीहरु बताउँछन् ।

सुरुमा कोरोना संक्रमण फैलन नदिन व्यवसाय बन्द गराउन आह्‌वान गरेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले अब पनि सरकारले खुला गर्न नदिए आफूहरु व्यवसाय खोल्न बाध्य हुने बताएको छ । अन्य व्यवसाय खुला गरिँदै जाँदा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय पनि खुला हुने अपेक्षा गरिए पनि सरकारले वास्ता नगरेको महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डे बताउँछन् ।

उनले अब महासंघले नै देशैभर आफ्ना सदस्यहरुलाई व्यवसाय खुला गर्न आह्‍वान गर्नुपर्ने बेला आएको बताए । “हामीले पटक-पटक गृह मन्त्रालय, सीसीएमसीलगायतलाई आग्रह गर्‍यौं तर अझै खुला गरिएको छैन । हामी दयनीय स्थितिमा छौं । अब आफैं खुला गर्न आह्‌वान गर्नुको विकल्प छैन,” उनले भने । सरकारले मंसिरबाट सञ्‍चालन गर्न दिने आश्‍वासन नदिएको पनि होइन तर आश्वासनमै सीमित पारिएको गुनासो व्यवसायीहरुको छ ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा रोजगारी गुमेको, कतिपय पार्टी प्यालेस बन्द भएको पाण्डेले बताए । “अब पनि खुला नगरिए केही दिनभित्रै १०/१२ वटा बन्द हुन्छन् । धेरैले रोजगारी पनि गुमाउन बाध्य हुन्छन्,” उनले भने । करोडौं लगानी गरेर पार्टी प्यालेस सञ्‍चालन गरेका व्यवसायी कुखुरापालन गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । “४/५ करोड लगानी गरेर व्यवसाय सुरु गरेको केही व्यवसायी कुखुरा पालन गर्न बाध्य हुनुपरेको छ,” उनले भने । अहिले स्थायी कर्मचारीलाई तलब खुवाउन सक्ने स्थिति पनि नभएको उनले बताए ।

देशभर महासंघको सदस्य रहेका करिब सात हजार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायले करिब ६० हजार जनालाई रोजगारी दिएको छ । तर, अब यो रोजगारी पनि गुम्‍ने अवस्थामा पुगेको छ । कतिपयको त रोजगारी पनि गुमिसकेको छ । “सरकारले रोजगारी वृद्धि गर्ने भन्छ तर रोजगारी दिइरहेका व्यवसाय खुला गर्न अनुमति दिँदैन । यसरी कसरी रोजगारी सिर्जना हुन्छ ?” उनले प्रश्न गरे ।

रोजगारी मात्रै होइन यो व्यवसायबाट सरकारले पनि वार्षिक रुपमा तीन अर्ब राजस्व पाउँथ्यो, त्यो पनि गुमेको छ । घरजग्गा धितो राखेर व्यवसाय गरेका व्यवसायी सडकमै आउने अवस्था सुरु भएको गुनासो व्यवसायीको छ । “व्यवसायीलाई मात्रै सडकमा आउने नभई बैंक तथा वित्तीय संस्थाहरुलाई पनि प्रत्यक्ष असर पार्नेछ । व्यवसायीले ऋण तिर्न सकिरहेका छैनौं । यो व्यवसाय बन्द भयो भने ऋण पनि जोखिममा पर्नेछ,” उनले भने ।

महासंघका अनुसार ८० प्रतिशत पार्टी प्यालेस सञ्‍चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । १० प्रतिशतले आफ्नो जग्गामा चलाएका छन् भने १० प्रतिशतले भाडामा प्यार्टी प्यालेस चलाएका छन् । यो व्यवसाय सुरु हुँदा कृषिजन्य वस्तुको २५ देखि ३० प्रतिशत यही व्यवसायले खपत गर्ने गरेको व्यवसायीको दाबी छ । माछा, मासु, दही, दूध, पनिर, ताजा तरकारीको कृषकले उचित मूल्य पाउन नसकेको पाण्डेले बताए ।

“रोजगारी सिर्जना गर्ने, राम्रो तालिम दिने यो व्यवसायलाई सञ्‍चालन गर्न नदिएर राज्य कुन बाटोमा हिँड्न खोजेको हो शंका लाग्‍न थालेको छ । राज्यको नियतमाथि नै शंका लागेको छ,” उनले भने । यो व्यवसायलाई पनि अत्यावश्यक सेवाको मान्यता दिनुपर्ने र अरु उद्योगसरह पाउने सेवा सुविधा, राहतका प्याकेजलगायत विषयमा छिटो सम्बोधन गर्नुपर्ने माग महासंघको छ ।

पार्टी प्यालेस सञ्‍चालकहरुले ३५ प्रतिशत क्षमतामा मात्रै भए पनि सञ्‍चालन गर्न दिन माग गरेका छन् । स्वास्थ्य सुरक्षालाई पूर्ण ध्यानमा राखेर व्यवसाय सञ्‍चालन गर्न चाहिरहेको उनीहरुले बताएका छन् । “भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सुरु गर्न चाहन्छौं,” उनले भने, “हामीले पनि त्यही खानुपर्छ, ग्राहकको स्वास्थ्यप्रति त हामी पनि सजग हुन्छौं । सरकारले किन नबुझेको ?”

विवाहको मौसम सुरु भएकाले पनि सरकारले स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय खुला गर्न दिए केही भए पनि राहत हुने उनीहरुको भनाइ छ । “सरकारले जेजस्तो स्वास्थ्य मापदण्ड पालना गर्न भन्छ, गर्न तयार छौं तर अब पनि सञ्‍चालन गर्न नदिए आफैं खुला गर्नुको विकल्प छैन,” महासंघले भनेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...