24.1 C
Kathmandu
 

देशभर लगातार वर्षा हुने

काठमाडौं, २५ असार । आगामी केहीदिन देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेकाले दुई तीनदिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको हो ।

केही स्थानमा भारी वर्षा हुने र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ महाशाखाले सूचना निकालेर जानकारी दिएको हो । वर्षाका कारण हुने जोखिमबाट बच्न सचेतता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, महाशाखाले आगामी तीनदिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाले जारी गरेको सूचना अनुसार आज दिउँसो देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भइ वर्षा हुनेछ । देशका अधिकांश भू भागमा वर्षाको सम्भावना छ । देशको केहि स्थानमा राति पनि भारी वर्षा हुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर