8 C
Kathmandu
 

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुईजनाको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...