8 C
Kathmandu
 

सेनाबाट सशस्त्र प्रहरी प्रवेश गरेका ५ डीआईजी जागिर लम्ब्याउने प्रयासमा

५ मंसिर, काठमाडौं । नेपाली सेनाबाट प्रवेश गरेका ५ जना सशस्त्र प्रहरीका उच्च अधिकृत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नागेन्द्र थापा, कृष्णभक्त बज्राचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी जागिर अवधि लम्ब्याउन माग गर्दै गृह पुगेका हुन् ।

उनीहरुले गृहसचिव महेश्वर न्यौपानेलाई सम्बोधन गरेर तालिम अवधिपछिको मिति अनुसार जागिरमा बस्न पाउनुपर्ने माग गरेका हुन् । यो माग राख्नेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र शाक्यसमेत छन् ।

नेपाली सेनामा तालिम अवधि सकिएपछि मात्रै जागिर सुरुवात भएको मानिन्छ । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भने तालिमदेखिकै अवधिलाई भर्ना मिति मानिन्छ ।

विगतमा यही माग गर्दै एआईजी ऋषभदेव भट्टराई, नागेन्द्र थापा लगायतले सर्वोच्च अदालतमा समेत रिट निवेदन दिएका थिए । तर, तत्कालीन न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रले उनीहरुको माग बमोजिम आदेश दिएनन् ।

डीआईजीहरुको मागलाई गृहले अस्वीकार गरे उनीहरुले यही २८ मंसिरमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । उनीहरुको माग स्वीकृत भए १८ महिना जागिर थपिनेछ ।

यो टोलीपछि अब सशस्त्र प्रहरीमा नेपाली सेनाबाट प्रवेश गरेका उच्च अधिकृतमा डीआईजी सीपी गौतम मात्रै बाँकी छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको...

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...