8 C
Kathmandu
 

स्थानीय तहमा अस्पताल बनाउन सरकारले जमिन लिजमा दिने, विमानस्थल र बन्दरगाहका लागि अधिग्रहण गरिने

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ संशोधन गर्दै यस्तो निर्णय भएको जानकारी दिए । ‘दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तहअन्तर्गत स्थापना हुने ५ देखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभए, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गरिएको उनले बताए ।

यसैगरी सरकारले सुक्खा बन्दरगाह कार्यालय सिर्सिया, पर्सा विस्तारका लागि सुक्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीबीचमा रहेको ६२ बिघा अधिग्रहण गर्न पनि सरकारले स्वीकृति दिएको छ । यस्तै नेपालको सहरी शासकीय सुधार र पूर्वाधार आयोजनाका लागि विश्‍व बैंकले प्रस्ताव गरेको १८ करोड रुपैयाँबराबरको सहुलियत पूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । यस्तै सह-लगानीसम्बन्धी कार्यविधि २०७७ र व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पनि मन्त्रिपरिषद्‌ले स्वीकृति गरेको मन्त्री गुरुङले बताए ।

यसैगरी लामो समयदेखि गैरकानुनी रुपमा नेपाल बसिरहेका तीन विदेशी नागरिक देशनिकाला भएका छन् । सरकारले अस्ट्रेलियन नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवानाबराबरको ५० हजारसमेत मिनाहा गरी देश निकाला गरेको छ भने यस्तै यमन गणराज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार १ सय १० अमेरिकी लडर र जरिवानाबापतको एक लाखसमेत मिनाहा गरी देश निकाला गर्ने निर्णय पनि गरिएको छ ।

मन्त्रिपरिषद्ले नेपाली प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७७ स्वीकृत गरेको छ । सरकारले सुर्खेत विमानस्थलका लागि ३० बिघा र विराटनगर विमास्थलका लागि १२६ दशमलव ४६ बिघा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति पनि दिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको...

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...