17.1 C
Kathmandu
 

छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा गरियो

काठमाडौं । शुक्रबार साँझ काठमाडौंको गुहेश्वरीस्थित गौरीघाटमा छठ पर्वको दोस्रो दिन सूर्यको पूजा गरिएको छ । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइएको छ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुहरुले साझपख कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन् ।

तराई लगायत देशभर छठ पर्व धुमधामसँग मनाउने गरिन्छ । चारदिनसम्म मनाउने चलन रहेको छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई पूजाआजा साथै अर्घ दिने प्रचलन अनुसार शुक्रबार साँझ काठमाडौंमा पनि सूर्यको पूजा साथै अर्घ दिइएको छ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मियता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । याे पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यो वर्षको छठ पर्व भने कोरोनाका कारण प्रभावित जस्तै भएको देख्न सकिन्छ । यस वर्षको छठ पर्व भोलि (शनिबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रूपमा सम्पन्न हुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर