8 C
Kathmandu
 

होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन

काठमाडौं । होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७२ वर्षको उमेरमा शाक्यको आज बिहान निधन भएको हो ।

होटेल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित पनि भएका थिए ।२४ वर्षभन्दा बढी होटेल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पुर्‍याएका शाक्य यस क्षेत्रमा स्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति भएको हानकी अध्यक्ष सिर्जना राणाले जनाइन् । शाक्यका श्रीमती र दुई छोरा छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

तीनवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको...

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी...

पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको...

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...