19.1 C
Kathmandu
 

ऋचा चड्‍डालाई भारत रत्‍न डा. अम्बेडकर अवार्ड

मुम्बई । बलिउड अभिनेत्री ऋचा चड्‍डा भारत रत्‍न डा. अम्बेडकर २०२० बाट सम्मानित भएकी छिन् । उनलाई यो अवार्ड भारतीय चलचित्रमा दिएको योगदानका लागि प्रदान गरिएको हो ।

राजभवनमा आयोजित कार्यक्रममा महाराष्ट्र गभर्नर भगतसिंह कोश्यारी मार्फत प्रदान गरिएको हो । महामारीका कारण २५ जनाको सहभागितामा मात्रै पुरस्कार समारोह गरिएको थियो । अवार्ड पाएर खुसी ऋचा भन्छिन्, “म निकै हर्षित छु र यो सम्मान मेरो मनको नजिक छ । एक त्यस्तो कलाकार जसको कोही गडफादर छैन, उसको लागि हरेक उपलब्धि मूल्यवान र मिहिनेतको कमाइ हुन्छ । यो अवार्डले फेरि एकपटक मेरो सपना प्रति विश्वास बढाउँछ ।”

यो अवार्डले भविष्यमा अझै राम्रो काम गर्न प्रोत्साहित गरेको पनि बताइन् । अभिनेता सुनील सेट्टीलाई पनि यो अवार्डबाट सम्मानित गरिसकिएको छ ।
– नवभारत टाइम्स

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर