8 C
Kathmandu
 

सरकारले गर्‍यो ५० अर्बको राहत कोष स्थापना

काठमाडौं । कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायका श्रमिकहरुको पारिश्रमिक भुक्तानी र व्यवसायलाई निरन्तरता दिन सञ्चालन पुँजी उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड १९ बाट प्रभावित भएका उद्योग व्यवसायहरुको व्यावसायिक क्रियाकलापलाई निरन्तरता दिने उद्देश्यबाट ५० अर्बको कोष स्थापना गर्ने गरी मन्त्रिपरिषद् बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह निर्देशिका कार्यविधि २०७७ स्वीकृत गरेको हो । कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उक्त कोषमा नेपाल सरकार, नेपाल सरकार मातहतका आंशिक वा पूर्ण स्वामित्वमा रहेका संस्थाहरुको तर्फबाट निक्षेप संकलन गरी रकम जम्मा गरिने बताए । उक्त रकम कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई निरन्तरता दिन र श्रमिक कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सहुलियत कर्जाको रुपमा बैंकहरुमार्फत उपलब्ध गराइने सचिव ढुंगानाले बताए ।

‘‘कार्यविधिअनुसार अa नेपाल सरकार र नेपाल सरकार मातहतका आंशिक वा पूर्ण स्वामित्वमा रहेका संस्थाहरुको तर्फबाट ती निकायहरुमा रहेको रकमहरुलाई परिचालन गरेर नेपाल राष्ट्र बैंकमा एउटा खाता खोलिनेछ । जुन खाता ५० अर्ब रुपैयाँको रहनेछ । यो खाताबाट बैंक तथा वित्तीय संस्थामार्फत कोभिडबाट प्रभावित भएका उद्योग व्यवसायहरुलाई ती उद्योग व्यवसायमा कार्यरत कर्मचारीहरुका लागि आवश्यक पर्ने तलब भत्तालगायत अनिवार्य दायित्वको भुक्तानी गर्न सक्नेछन्,’’ उनले भने, ‘‘त्यसैगरी ती उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने कच्चापदार्थहरु खरिद गर्न, तिर्नुपर्ने धारा, बिजुली, पानी, टेलिफोनलगायत अन्य दायित्वहरुको व्यवस्थापन गर्न कोषबाट रकम लिन सक्ने, कर्जा लिन सक्ने व्यवस्था गरिएको छ ।’’

कोषमा जम्मा भएको ५० अर्ब रुपैयाँ मध्ये कोभिडबाट अति प्रभावित क्षेत्र तथा उद्योग व्यवसायमा ५० प्रतिशत (२५ अर्ब रुपैयाँ) प्रदान गरिने व्यवस्था गरिएको छ । त्यस्तै मध्यम प्रभावित क्षेत्रमा १५ अर्ब रुपैयाँ र कम प्रभावित क्षेत्रमा १० अर्ब रुपैयाँ कर्जा परिचालन हुने पनि सचिव ढुंगानाले बताए । कर्जा प्राप्त गर्ने व्यवसायीले आफ्नो सम्पत्ति वा परियोजना नै धितो राखेर कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था कार्यान्वयनका लागि अत्यन्तै सजिलो व्यवस्था मिलाइएको पनि सचिव ढुंगानाले बताए । उनले भने, ‘‘यो कार्यान्वयन गर्न एउटा सञ्चालक समिति छ । अर्थसचिवको अध्यक्षतामा महालेखा नियन्त्रक, डेपुटी गभर्नरसहितको एउटा कमिटी छ त्यसले काम गर्छ । पैसा राष्ट्र बैंकमा जम्मा हुन्छ र बैंकहरुलाई राष्ट्र बैंकमार्फत उपलब्ध गराइन्छ । बैंकहरुमा सम्बन्धित ऋणीहरुले कर्जा प्राप्त गर्न सक्नुहुन्छ । विनाझन्झट, सहज ढंगबाट प्रभावितहरुलाई दिन सकिने सीमासम्मको रकमहरु उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’’

यस्तो कर्जा दुई वर्षका लागि उपलब्ध हुनेछ भने पहिलो वर्ष ५ प्रतिशत ब्याजदर लाग्‍नेछ । दोस्रो वर्ष ६ प्रतिशत ब्याजदर कायम हुनेछ । कोषमा सरकारले एक अर्ब रुपैयाँ जम्मा गरिसकेको पनि सचिव ढुंगानाले बताए । त्यसबाहेक राष्ट्र बैंक, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषमार्फत समेत निक्षेप जम्मा गरिने उनले बताए । यस्तो निक्षेपमा सरकारले ब्याज अनुदान दिनेछ । यो रकमबाट पर्यटन उद्योग, सेवा क्षेत्र र तीनमा कार्यरत कर्मचारी श्रमिकहरुलाई सहज हुने पनि सचिव ढुंगानाले बताए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...