8 C
Kathmandu
 

एनपीएल आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने प्रस्ताव, विज्ञ भन्छन्– नेपालीले नै गरौँ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार सम्पन्न भर्चुअल साधारणसभामा नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी आयोजनाको विषयमा ठूलो छलफल भयो । क्यानले एनपीएल आयोजनामा लागि भारतीय कम्पनीलाई १० वर्षका लागि जिम्मा दिने प्रस्ताव गरेपछि यो छलफलको विषय बनेको हो ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् कम्पनीलाई १० वर्षका लागि एनपीएल आयोजना गर्न दिने प्रस्ताव साधारणसभामा पेस भएको थियो ।

यो विषयलाई साधारण सभामामा केही सदस्यहरुले विरोध जनाए ।त्यहाँ अधिकांस सदस्यको धारणा क्यान आफैँले यो आयोजना सम्पन्न गर्नुपर्छ भन्ने थियो । क्यानले भने अहिलेको लागि प्रस्तावमात्र पेस भएकोले उक्त प्रस्तावमाथि छलफल गर्ने जिम्मेवारी बोर्ड बैठकलाई दिएको बताएको छ ।

क्यानका महासचिव आशोक प्याकुरेलले भारतीय कम्पनीले एनपीएलको जिम्मेवारी लिने प्रस्ताव स्वीकृत नगरिसकेकाले यस विषयमा थप छलफल गर्न सकिने बताएका छन् ।

“भारतीय कम्पनीले एनपीएल गर्न सक्ने भन्ने प्रस्ताव हामीलाई पठाएको छ । उक्त प्रस्तावलाई प्रस्तावकै रुपमा साधारणसभामा पेस गरिएको हो । यस विषयमा बोर्ड बैठकले छलफलपछि निर्णय गर्नेछ । सबैको हितलाई केन्द्रमा राखेर हामीले प्रस्ताव पेस गर्ने निर्णय गरेका हौं । कस्तो किसिमको सम्झौता गर्ने भन्ने विषयमा हामीले छलफल गर्नेछौं । उहाँहरुको प्रस्ताव वार्षिकरुपमा क्यानलाई केही रकम दिने भन्ने भएको छ । वार्षिकरुपमा रकम वृद्धि गर्दै जाने भन्ने भएको छ,” प्याकुरेलले बाह्रखरीसँगको कुराकानीमा भने ।

प्रस्तावअनुसार यो कम्पनीले पहिलोवर्ष करिब साढे २ करोड रकम क्रिकेट संघलाई बुझाउनेछ । त्यसपछि वार्षिकरुपमा वृद्धि गर्दै १० वर्षमा करिब ४० करोड बुझाउनेछ । प्रतियोगिताको आयोजना, प्रतियोगिता सञ्चालन फ्रेन्चाइज टिम र स्पोन्सर जुटाउने जिम्मेवारी सबै भारतीय कम्पनीले लिने प्रस्तावमा उल्लेखित छ । अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अवधारणाअनुसार मैदान व्यवस्थापन गर्ने जिम्मेवारी पनि भारतीय कम्पनीले लिनेछ ।

“हामीले खेलाडी तथा क्यानको हितका विषयमा सोचेर मात्र सम्झौता गर्नेछौँ । १० वर्षसम्म ४० करोडको स्पोन्सर हाम्रो लागि राम्रो कुरा हो । अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अवधारणाअनुसार मैदान व्यवस्थापन हुने विषय पनि हाम्रो लागि फाइदाको कुरा हो । लिगको स्वामित्व हाम्रो नै रहने छ । बाँकी व्यवस्थापन उहाँहरुले गर्ने भएकाले हामीलाई सहज हुनेछ,” प्याकुरेलले भने ।

प्रस्तावित भारतीय कम्पनीले हालसम्म ठूलो खेल प्रतियोगिता गरेको छैन । एनपीएल उसको हालसम्मकै ठूलो प्रतियोगिता रहनेछ । सन् २०१२ मा स्थापना भएको यो कम्पनीले प्रतियोगिता सफलताका साथ गर्न सक्छ भन्ने कुरामा धेरैको प्रश्न उब्जेको छ । एनपीएल गर्ने विषयमा सबै सदस्यको एक मत रहे पनि हालसम्म भारतीय कम्पनीलाई जिम्मेवारी दिने विषयमा भने सबैको एक मत छैन ।

के भन्छन् विज्ञहरु ?

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालमा ठूलो लगानीमा घरेलु क्रिकेट प्रतियोगिता हुन सक्ने तर क्यानजस्तो जिम्मेवार संस्थाले नेपाल प्रिमियर लिग गर्न नसक्ने भन्ने विषय उचित नभएको बताएका छन् । उनले प्रस्तावको बाहिरी र भित्रि विषय जे जस्तो भए पनि एनपीएलको जिम्मेवारी भारतीय कम्पनीलाई दिने प्रस्ताव आउनु नै क्यानका लागि चुनौतीको विषय भएको बताए ।

“नेपालमा ठूलो लगानीमा घरेलु क्रिकेट प्रतियोगिताहरु भएका छन् । ती प्रतियोगिता गर्न सक्ने नेपाली ब्रोडकास्टरहरुले एनपीएल गर्न सक्दैनन् भन्ने छैन । एनपीएल नै भारतीय कम्पनीलाई जिम्मेवारी दिने भन्ने कुरा सही होइन,” पाण्डेले बाह्रखरीसँगको कुराकानीमा भने ।

त्यस्तै क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले राष्ट्रिय स्तरको प्रतियोगिताको जिम्मेवारी भारतीय कम्पनीलाई दिने विषय गलत भएको बताएकी छन् । राष्ट्रिय स्तरको प्रतियोगिताका लागि दुई करोडको मुख्य स्पोन्सर जुटाउन असहज नभएको पनि उनले बताइन् । हामी अरुको आशा गरेर मुख ताक्ने प्रवृत्तिलाई हटाउनुपर्ने उनले बताइन् ।

“राष्ट्रिय स्टरको प्रतियोगिता हालसम्म धेरै देशका क्रिकेटले संघले आफैँ गरेका छन् । डोमेस्टिक क्रिकेट लिगका लागि करोडौं रुपैयाँ खर्च भएको देखेका छौं । क्यानका लागि पनि वार्षिक दुई करोड जुटाउने कुरा ठूलो होइन । खेलाडी र क्रिकेटको हितका लागि हो भने ठूला कम्पनीको प्रस्ताव आउनु राम्रो हो । तर, आफैँ राम्रो स्थानमा नभएको कम्पनीलाई प्रतियोगिताको जिम्मेवारी दिन सरासर गलत छ,” घिमिरेले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।

एनपीएलको सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) विसं २०७० को फागुन १२ गते ¥याडिसन होटेलमा एक पत्रकार सम्मेलन गर्दै घोषणा भएको थियो । यस प्रतियोगितालाई टी–ट्वान्टी, एकदिवसीय तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालित गर्ने उद्देश्यका साथ एनपीएलको घोषणा गरिएको थियो । नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि एनपीएल अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको थियो । तर, पहिलो संस्करणमा एनपीएल एकदिवसीय मात्र हुन सकेको थियो ।

यस लिगमा ६ घरेलु लिग टिमहरुको सहभागिता रहेको थियो । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेजले जितेको थियो । फाइनलमा जगदम्बा जायन्टसलाई ९६ रनले पराजित गर्दै पञ्चकन्या उपाधि जितेको थियो । तर, अन्य ढाँचामा भने कुनै पनि खेल हुने सकेनन् । क्यान र आयोजक जोहरा स्पोट्र्स व्यवस्थापकबीच विवाद बढेपछि खेल एनपीएलमा अन्य संस्करणका खेलहरु हुन सकेका थिएनन् ।

पहिले पनि विवाद

एनपीएल हुने खबर सार्वजनिक मात्र भएका बेला यसअघि एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एनपीएलको हैसियतबारे प्रश्न उठाएको थियो । एसीसीका खेलकुद विकास निर्देशक बन्दुला वानपुराले प्रतियोगिता हुनु राम्रो भए पनि क्यान आफैँले यस्तो प्रतियोगिता आयोजना नगरी किन भारतीय कम्पनीलाई दिइयो भन्दै जिज्ञासा राखेका थिए । उनले यसबाट खेलाडी र क्यानले के पाउने भन्ने प्रश्न उठाउँदै चासो व्यक्त गरेका थिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको...

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...