22.1 C
Kathmandu
 

सहमतिअनुसार होल्डिङ सेन्टरको पैसा नपाएको व्यवसायीको गुनासो

काठमाडौं । सरकारले लकडाउनका बेलामा विदेशबाट नेपालीलाई उद्धार गरी ल्याउँदा प्रयोग गरिएको होल्डिङ सेन्टरको पैसा सहमतिअनुसार नपाएको व्यवसायीले गुनासो गरेका छन् ।

सरकारले विदेशबाट नेपालीलाई ल्याउने क्रममा काठमाडौंमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाएको थियो । यती पार्टी प्यासलेका सञ्‍चालक समेत रहेको पार्टी प्यालेस संघ काठमाडौंका उपाध्यक्ष शिवभक्त रन्जितले काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ठाउँको भाडा तिर्न पुग्ने पैसा दिने बताए पनि अहिले भनिएअनुसार पैसा नदिइएको बताए ।“होल्डिङ सेन्टरमा राख्दा दैनिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भाडा दिने आश्वासन सीडीओले दिनुभएको थियो,” उनले भने, “अहिले दैनिक ३५ सय देखि ४ हजार रुपैयाँसम्म मात्र दिइयो ।” त्यो पैसा व्यवसायीले नलिने बताएका छन् । “सुरुमा १५ हजारदेखि २५ हजार भन्ने अहिले ३५ सयदेखि ४ हजार मात्र दिने ?” उनले भने, “काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नै दैनिक १५ हजार देखि २५ हजार भाडा दिन्छौं, तपाईहरुको पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाउँछौं भन्नुभएको थियो । अहिले त्यति रकम दिएर हामीले के गर्न ?”

उनले होल्डिङ सेन्टर बनाउँदा दैनिक ४ हजार रुपैयाँ पानी, बत्तीका लागि खर्च भएको बताए । अहिले आफैंले गरेको खर्चभन्दा पनि कम रकम दिइयो, त्यति पैसा लिएर के गर्ने ? उनले भने । लकडाउनका कारण व्यवसायभन्दा हुँदा घरबेटीसँग कुरा मिलाएको तर होल्डिङ सेन्टर नै राखेपछि सरकारले पैसा दिने भएकाले भाडा बारम्बार माग्ने गरिएको उनले बताए । “महिनाको ३ लाखसम्म भाडा तिर्नुपर्ने हुन्छ,” उनले भने, “घरधनीसँगको सहमतिविपरीत होल्डिङ सेन्टर राखिएको भन्दै घरबेटीको दबाब पनि हामीमाथि नै छ, सरकारले पनि हामीलाई दिने भनेअनुसारको पैसा पनि दिएन ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर