8 C
Kathmandu
 

विदेश जाने व्यक्तिलाई कोरोना पोजेटिभ देखिए पनि रिपोर्ट नेगेटिभ बाँडिँदै

काठमाडौं । काठमाडौं उपत्यकाका दुई निजी अस्पताल र दुई निजी ल्याबहरुले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई काटेको पत्रमा सानेपास्थित स्टार अस्पताल, ह्‍याम्स अस्पताल, सेन्टर डाइगोनोस्टी ल्याबरोटरी र सूर्या हेल्थ केयरले कोरोनो पोजेटिभ देखिएका विदेश जाने व्यक्तिलाई नेगेटिभ दिने गरेको पाइएको देखिएको छ ।“यी अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्‍चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको, कोभिड पीसीआर परीक्षणमा थप विश्वसनीय बनाउन आवश्यक विषय छ,” सोही पत्रमा भनिएको छ ।

नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु दुबईको यूएई र हङकङ पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...