8 C
Kathmandu
 

रानीपोखरीमा किन चलाइयो डुंगा?

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको काठमाडौंको रानीपोखरी पाँच वर्षपछि भाइटीकाका दिन खुल्यो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तिहारको दुई दिन सर्वसाधरणका लागि खुल्ला गरेको थियो। त्यसको व्यवस्थापन गर्न प्रधिकरणले काठमाडौं महानगरपालिकालाई जिम्मा दिएको थियो।

प्राधिकरणले दोस्रो चरणको पुनर्निर्माण सकिएपछि मात्रै महानगरलाई सुम्पिनेछ।

पहिले महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण आधुनिक शैलीमा बनाउने भएपछि विरोध भएको थियो।पछि विज्ञहरूको सुझावअनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो।

भाइटीकाका दुई दिन सर्वसाधरणका लागि खुल्ला भएको रानीपोखरीको एक तस्विर अहिले चर्चामा आएको छ। जसको सामाजिक सञ्चालमा विरोध भइरहेको छ।

सो तस्वीरमा केही सर्वसाधारण डुङ्गामा चढेको देखिन्छ। महानगरपालिकाले जिम्मा पाएपछि रानीपोखरीमा डुङ्गा चढाइयो भन्दै विरोध हुन थालेको हो। यसरी धार्मिक तथा पुरातात्विक पोखरीमा डुङ्गा चढाउन नहुने कतिपयको भनाइ छ।

त्यस विषयमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलसँग बुझ्दा महानगरले कसैलाई डुंगा चढ्न नदिएको बताए।‘महानगरपालिकाको नेतृत्वमा हिजो र अस्ति रानीपोखरी खुल्ला गरिएको हो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले भाइटीका गराउन मात्रै व्यवस्थापन गरेका हौं।’

त्यस्तै प्राधिकरणका सहसचिव तथा आयोजना प्रमुख भरत अर्यालका अनुसार उक्त डुङ्गा रानीपोखरीको लेउ सफा गर्न ल्याइएको हो।

‘लेउ लागेको थियो। त्यो निकाल्नको लागि डुङ्गा ल्याएको रहेछ,’ उनले भने, ‘वडाध्यक्ष सबैसँग छलफल गरेर ल्याएका हौं। अरू मनोरञ्जनको प्रयोजनका लागि होइन।’

उनले त्यसैमा थपे, ‘पहिलेपहिले हामीले जालीले सफा गर्ने गरेका थियौं। बिहान पानीमुनि बस्छ। तापक्रम बढेपछि माथिमाथि आउँछ त्यही निकाल्न समस्या भएर डुङ्गा प्रयोग गरिएको हो।’

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...