8 C
Kathmandu
 

रिभ्युमा कमजोर अक्षयको ‘लक्ष्मी’ले विदेशी बक्स अफिसमा तहल्का मच्चाउँदै

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘लक्ष्मी’ भारतमा ९ नोभेम्बरमा डिज्नी हट स्टारमा रिलिज भयो । भने यही चलचित्र अस्ट्रेलिया, न्युजिल्यान्ज, फिजी, पापुवा न्युगिनी र यूएईका हलहरुमा पनि रिलिज गरियो ।

भारतमा चलचित्र लक्ष्मीलाई क्रिटिक्स र दर्शकबाट त्यति राम्रो प्रतिक्रिया नमिले पनि विदेशी बक्स अफिसमा भने यसले धमाल मच्चाइरहेको छ । फिल्म क्रिटिक्स तरण आदर्शले सामाजिक सन्जाल ट्‌विटरमा यूएई, पाकिस्तान, पपुवा न्युगिनी, न्यूजिल्यान्ड र अस्ट्रेलियामा गरेको कमाइको विवरण सेयर गरेका छन् ।

यूएईमा ‘लक्ष्मी’ को सोमबारदेखि आइतबारसम्मको कमाइ भारतीय १.४६ करोड छ । त्यस्तै पपुवा न्युगिनीमा शुक्रबारदेखि आइतबारसम्म एक क्षेत्रको तीन दिनको कमाइ भारतीय १८ हजार र फिजीमा भने ७ क्षेत्रको हलले ३ दिनमा भारु १७.१६ लाख कमाइ गर्न सफल बनेको छ ।

न्युजिल्यान्डको २१ क्षेत्रको र अस्ट्रेलियाको ५२ क्षेत्रको तीन दिनको कमाइ क्रमश: भारु ४२.३८ लाख र ७०.४८ लाख भारु छ । ‘लक्ष्मी’ तमिल चलचित्र ‘कञ्‍चना’ को हिन्दी रिमेक हो । चलचित्रको निर्देशन कञ्‍चना निर्देशन गरेका राघव लरेन्सले नै गरेका हुन् ।

चलचित्रमा अक्षयले एक त्यस्तो व्यक्तिको भूमिका निभाएका छन् जसमा ट्रान्सजेन्डरको आत्मा आउँछ । अक्षयका साथै चलचित्र कियारा आडवाणी, अश्विनी कलसेकर, राजेश शर्मा, आयशा रजा र मनु ऋषिको मुख्य भूमिका छ ।
-नवभारत टाइम्स

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...