बाँके – दुई दिनदेखि परेको वर्षाका कारण नेपालगञ्जकाे विभिन्न स्थान जलमग्न भएकाे छ । कतिपय स्थानमा घर समेत डुबेकाे छ ।
नेपालगञ्जको फुलटेक्रा, धम्बोझी, बेलासपुर, घरबारीटोल, गणेशपुरलगायतका स्थान जलमग्न भएपछि आवागमनमा समेत कठिनाई भएकाे छ ।
नगरकाे नाली सफा नहुँदा डुबान भएकाे स्थानीयले बताएका छन् । उपमहानगरपालिकाले नगरमा डुबान हुन नदिन नाली सफाइलाई तीव्रता दिइएको जनाएकाे छ ।
अविरल वर्षाका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड समेत प्रभावित भएको छ । खजुरा बजारमा पेडारी नालामा पानीको सतह सडकमाथि भएर बगिरहेको छ ।
नेपालगञ्जको मनिकापुरलगायतका स्थान समेत बर्षाका कारण प्रभावित छन् । सीतापुरमा किरणनालाको पानीसमेत सडकमाथि पुगेको छ ।