8 C
Kathmandu
 

सुआरेजले बार्सिलोना र ब्राजिलविरुद्धको खेल गुमाउने

काठमाडौं । उरुग्वे स्ट्राइकर लुइस सुआरेजले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । उनले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति हुने खेल गुमाउने भएका हुन् ।

अन्तर्राष्ट्रिय ब्रेकमा राष्ट्रिय टोलीमा सहभागी भएका सुआरेज कोरोना भाइरस संक्रमण भएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । उरुग्वे फुटबल संघ (एयूएफ) ले सुआरेज कोराना संक्रमण भएको पुष्टि गरेको छ ।

संघले एटलेटिको मड्रिडका स्ट्राइकर सुआरेजको स्वास्थ्य सामान्य रहेकोसमेत जानकारी दिएको छ । हाल उनलाई एकान्तबासमा राखेको छ । त्यस्तै सुआरेजले विश्वकप छनोटअन्तर्गत मंगलबार बिहान हुने ब्राजिलविरुद्धको खेल पनि गुमाउनेछन् । खेल उरुग्वेको घरेलु मैदानमा बिहान ४:४५ बजे सुरु हुनेछ ।

उरुग्वेका गोलकिपर रोड्रिगो मुनोज र ब्याकरूम स्टाफ सदस्य माटियास फरललाई पनि कोरोमना संक्रमण भएको छ । एयूएफले एक विज्ञप्तिमा भनेको छ, “उरुग्वे फुटबल संघले रिपोर्ट गरेको छ स्वाब संकलन भइएका सबै सदस्यको रिपोर्ट आएको छ । परिणामस्वरूप खेलाडी लुइस सुआरेज, रोड्रिगो मुनोज र अफिसियल सदस्य माटियास फराललाई कोरोना संक्रमण भएको छ । अन्य सबै परीक्षणहरू भने नकारात्मक आएका छन् । उल्लेख गरिएका तीन सदस्यको स्वास्थ्य राम्रो छ र उनीहरुलाई सम्बन्धित उपायहरू लागु गरिसकिएको छ ।”

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...