25.1 C
Kathmandu
 

धारिलाे हतियार प्रहार गरी छाेराले गरे आमाकाे हत्या

पर्सा – वीरगञ्ज महानगरपालिका-२४, रामगढवको नयाँबस्तीमा एक युवकले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन् ।

नयाँबस्तीकी ४० वर्षीया शाेभादेवी यादवको २० वर्षीय छोरा गुड्डु यादवले घाँस काट्ने हतियारको प्रयोग गरी हत्या गरेका हुन । प्रहरीका अनुसार आमाले घरमा रहेको भैंसी बेचेको पैसा छोराले मागेको र आमाले नदिएको विषयमा विवाद हुँदा मंगलबार दिउँसो साढे २ बजेतिर घरभन्दा ४ मिटर परसम्म लखेटेर छाेराले आमालाई धारिलाे हतियार प्रहार गरेका थिए ।

घटनामा घाँटी र चिउँडोमो गहिराे चाेट लागेकी शोभादेवीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ भने गुड्डुलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर