8 C
Kathmandu
 

नेपालका कप्तान र प्रशिक्षक भन्छन्- लामो समयपछि मैदानमा फर्किंदा उत्साही छौं

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल-बंगलादेशबीच नेपाली समयअनुसार अपराह्‍न ४:४५ बजे खेल सुरु हुनेछ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालले लामो समयदेखि फुटबल खेलेको छैन । नेपाली टोली करिब आठ महिनापछि खेल्दै छ । खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले खेलका लागि निकै उत्साही भएको बताए । उनले खेलमा राम्रो नतिजाका लागि पर्खिएको पनि बताए । लामो समय घरमा बसेका खेलाडीहरुका लागि यो खेलमा फर्कने पहिलो अवसर भएको बताए ।

“लामो समयपछि फुटबलमा फर्किएका छौं । त्यसैले आजको खेल हाम्रा लागि निकै महत्त्वपूर्ण रहनेछ । धेरैपछि मैदान फर्किएका खेलाडीलाई पनि प्रदर्शनलाई नयाँ रुप दिने अवसर छ,” महर्जनले प्रि-म्याच कन्फरेन्समा भने । उनले टिमले छनोट गरेका केही खेलाडी कोरोनाका कारण आफूहरुसँग नहुँदा असहज भएको बताए । उनले केही खेलाडीको कमी खड्‌किने भए पनि प्रदर्शनमा कमी नआउने बताए ।

यता कप्तान किरण चेम्जोङले पनि फुटबलमा लामो समयपछि फर्किएको हुनाले खेलाडीहरु उत्साही भएको बताएका छन् ।
“बंगलादेशले हामीलाई फुटबलमा फर्कने अवसरमा सहयोग गरेको छ । खेल खेल्न निकै नै आतुर छौं । हामी धेरै समयपछि बंगलादेशसँग खेल्दै छौं त्यसका लागि सकारात्मक नतिजा ल्याउने लक्ष्यका साथ हामी अघि बढेका छौ,” प्रि-म्याच कन्फरेन्समा चेम्जोङले भने ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...