14 C
Kathmandu
 

‘बेरोजगारलाई रोजगारी दिइन्छ, वडा कार्यालयमा सम्पर्क गर्नू’

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि परोपकारी केही संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ ।

अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सन्चालन गर्न महानगरपालिकाले सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ । यस कार्यमा वडा कार्यालयबाट आवश्यक समन्वय तथा सहयोग हुने काठमाडौं महानगरपालिकाले  जनाएको छ ।

हेर्नुहोस् काठमाडौं महानगरपालिकाको सूचना

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...