8 C
Kathmandu
 

कक्षा ११ को परीक्षा धमाधम हुँदै

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षा गर्ने अनुमति दिनासाथ कक्षा ११ को परीक्षा पनि सुरु हुन थालेका छन् । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा देशभरिका विद्यालयमा हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा गर्न भनेपछि विभिन्‍न विद्यालयमा कक्षा ११ को परीक्षा सुरु भएको छ । केही विद्यालयमा तिहारपछि परीक्षा हुँदै छन् ।

कक्षा १२ को परीक्षा ४० पूर्णांकका लागि हुने र कक्षा ११ को आन्तरिक मूल्यांकनको आधारमा कक्षा १२ मा नम्बर दिने भएपछि विद्यालयहरु कक्षा ११ को पनि परीक्षा गर्न बाध्य भएका हुन् । कक्षा ११ को परीक्षा नगरी कक्षा १२ को नतिजा नआउने भएकाले गर्दा नै कक्षा ११ को परीक्षा लिन लागेको मैतीदेवीस्थित न्यु समिट कलेजका प्रोग्राम को-अर्डिनेटर लीला दाहालले बताए । न्यु समिटमा मंसिर १९ गतेबाट कक्षा ११ को परीक्षा हुँदै छ । दाहालका अनुसार ११ को सम्पूर्ण विषय पढाइ भइसकेको छ । उनी भन्छन्, “हाम्रो विद्यालयमा एकसाथ एक हजार विद्यार्थी बस्न सक्ने क्षमताको छ । स्वास्थ्य मापदण्ड अपनाएरै परीक्षा लिन्छौँ । कोभिडको ज्वरो नाप्‍ने, स्यानिटाइज गर्ने र सामान्य रुघाखोकी लागेकालाई छुट्टै राखेर परीक्षा लिने तयारी गर्छौं ।”

टोखास्थित सरस्वती उच्च माध्यामिक विद्यालयले कक्षा ११ मा अनुत्तीर्ण भएकाहरुको परीक्षा लिइराखेको प्रधानाध्यापक अर्जुन श्रेष्ठले बताए । उनका अनुसार कक्षा १२ को परीक्षा दिइसकेका तर कक्षा ११ मा फेल भएका ११ विद्यार्थीले अहिले पुन: परीक्षा दिइरहेका छन् । तिहारपछि भने कक्षा ११ को नियमिततर्फका विद्यार्थीले परीक्षा दिने उनले बताए ।

नयाँबजारस्थित प्राइम कलेजले मंसिर १८ गतेबाट कक्षा ११ को परीक्षा लिँदै छ । करिब ९५ विद्यार्थी सहभागी हुने परीक्षामा प्रत्येक विद्यार्थीलाई फोन गर्दै उनीहरुको वर्तमान अवस्थाबारे विवरण संकलन गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ । कोरोना संक्रमित विद्यार्थींलाई कसरी परीक्षा लिने भन्नेबारे रणनीति बनाइरहको प्रशासनले जनाएको छ ।

वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले परीक्षा सुरु गरेको जनाइएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...