वाशिङटन । अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आएको छ । पानी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पसेको जनाइएको छ । आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् ।
ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका छन् भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको बीबीसीले जनाएको छ ।मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ ।