8 C
Kathmandu
 

अभिनेता ऋषि कपुरको पूरा नभएको त्यो सपना.

मुम्बई । बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ३० अप्रिलमा निधन भयो । क्यानसर रोगबाट पीडित कपुरको निधनले उनका परिवारका साथै पूरै बलिउड स्तब्ध भयो । उनको निधनसँगै उनले देखेका कैयौं सपना पनि उनीसँगै गए । जसमध्ये ऋषि निकै उत्साहित भएर देखिरहेको सपना थियो, छोरा तथा अभिनेता रणबीरसँग एउटै चलचित्रमा खेल्ने ।

हालै आएको खबरका अनुसार अभिनेता ऋषि कपुर र रणवीर कपुर गुजराती चलचित्र ‘चाल जीवी लाइए’ को हिन्दी रिमेकमा सँगै काम गर्ने तय भएको थियो । चलचित्र निर्माताहरुको ऋषि कपुरका म्यानेजरसँग कुराकानी फाइनल भइसकेको थियो । तर लकडाउनका कारण चलचित्रको काम रोकियो ।चलचित्र निर्माण गर्न लागेको कम्पनीका सीईओ रितेश जालानले मिडियासँग कुरा गर्दै भने, “हामीहरु ऋषि र रणवीरलाई लिएर चलचित्र गर्न लागेको भएर चर्चामा थियौं । हामीले ऋषि कपुरका म्यानेजरसँग मार्चमा यस विषयमा कुरा गरेका थियौं तर कोरोना भाइरसका कारण कुरा अघि बढ्न सकेन यसैबीच उहाँको निधनले सबैलाई स्तब्ध बनायो ।”

खबरअनुसार यस चलचित्र बुबाछोराको कथामा आधारित छ । रियल बुबाछोरा जोडी रिलमा पनि बुबाछोरा नै भएर काम गर्न लागेका थिए । कथामा छोरा व्यस्त भएर बुबालाई समय दिन सकेका हुँदैनन् । बुबाले अन्तिम इच्छा सुनाउछन र व्यस्त छोरा आफ्नो सबैकाम छोडेर बुबाको अन्तिम इच्छा पूरा गर्न लागि पर्छन् । ऋषिलाई चलचित्रको कथा निकै मन परेको थियो र उनी चलचित्रका लागि निकै उत्साहित पनि थिए ।
– नवभारत टाइम्स

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...