8.4 C
Kathmandu
 

देशभर मौसममा बदली, पश्चिमका केही भूभागमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश भूभागमा पानी परिरहेको छ ।

मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’

मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा (मनसुनमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर