8 C
Kathmandu
 

वायुसेवा निगमद्वारा २६ वर्षपछि सफ्टवेयर परिमार्जन

काठमाडौं । नेपाल वायुसेवा निगमले २६ वर्षपछि फ्लाइट प्लानिङ सफ्टवेयर परिमार्जन गरेको छ । निगमले विगत २६ वर्षदेखि प्रयोग गर्दै आएको एसआईटिए फ्लाइट प्लानिङ सफ्टवेयर प्रयोग गर्दै आएको थियो । अब यो सफ्टवेयर परिमार्जन गर्दै एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक वेभब्लू फ्लाइट प्लानिङ्ग (एन–एफपी) पूर्ण रुपमा लागू गरेको जनाएको छ ।

एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान, नोट्याम, आरएआईएम प्रेडिक्सन, ओभरफ्लाई चार्जेज, रुट र फुयूल अप्टिमाइजेसन लगायतका बहुउपयोगि विशेषताहरु रहेको निगमले जनाएको छ ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार सफ्टवयेरको परिवर्तनले निगमले हालसम्म प्रयोग गर्दै आएको प्रणालीको तुलनामा करिब ३० प्रतिशत खर्च बचत हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...