22.1 C
Kathmandu
 

वाणिज्य बैंक समूह दोहोरो अंकले घट्दा नेप्से पनि ऋणात्मक, २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि सामान्य गिरावट आयो । कारोबार भएका अधिकांश उपसूचकमा सुधार आएपनि वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आएपछि नेप्से पनि झरेको हो ।

सोमबार नेप्से ३.३३ बिन्दुले झरेर १६ सय ३७.६३ विन्दुमा आइपुग्यो । पछिल्ला दिनमा नेप्सेमा करेक्सन आएको हो । यसदिन वाणिज्य बैंक उपसूचकमा साढे ११ अंकको गिरावट आयो । जीवन बिमा समूहमा पनि ९ अंकको गिरावट आयो भने टेलिकम सूचीकृत अन्य समूह ३ अंकले घट्दा विकास बैंक उपसमूह ऋणात्मक रह्यो ।

लघुवित्त समूहमा सबैभन्दा उच्च ६२ अंकको सुधार आउँदा व्यापार समूहमा पनि साढे ३४ अंकको वृद्धि आयो । यस्तै निर्जीवन बिमा समूह २७ अंकले सुधारियो । होटेल, जलविद्युत, बित्त, उत्पादनमुलक र म्यूच्यूल फण्ड सामान्य सुधारिए ।

यस दिन १ सय ९७ कम्पनीको ६९ लाख ३७ हजार बराबर कित्ता सेयर २ अर्ब ४५ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ३८९९ जनामा कोरोना संक्रमण, थप १७७८ संक्रमणमुक्त

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २...

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

१२ साउन, काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले...

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

१२ साउन, तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर...

प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ - आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर...