8 C
Kathmandu
 

हिमाल आरोहणका लागि ५ वटा टोलीलाई अनुमति जारी

१७ कात्तिक, काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ ।

यो टोलीले मनास्लु (८१६३ मि.)को हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ ।

यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम (६८१४मि.) हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् ।

विभागका अनुसार यसबाहेक ग्लाल्जेन पीक (६१५१ मि.) र हिमलुङ हिमाल (७१२६ मिं) आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।

यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्यांक छ ।

साढे २३ लाख रोयल्टी

शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट कुल २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ ।

यसमध्ये सबैभन्दा बढी १९ लाख ६ हजार ७ सय ४० रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको हो ।

त्यसपछि कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लासहितको टोलीले तिरेको छ । यो टोलीले कुल २ लाख ८२ हजार ४ सय ८० रुपैयाँ रोयल्टी तिरेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...