काठमाण्डौ – हालसालै काठमाण्डौको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई वटा घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।
किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रूपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो ।
रोग सङ्क्रमण हुने डरले पीडितहरू उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे । रामेछाप घर भई हाल काठमाण्डौको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ तर अहिले पनि कुनै सामान्य पिड्को देखियो वा हिँड्दा कसैसँग ठोक्कियो या कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटी अनुुभव सुुनाउनुहुन्छ । मिडियाबाट गलत प्रचार भइदिँदा सामाजिक त्रास उत्पन्न भएको उहाँको भनाइ छ ।
उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।
अर्काे अनौठो घटना असारको दोस्रो साता काठमाण्डौको बनस्थलीको एक गल्लीमा भयो । क्याम्पस पढ्न जाने–आउने क्रममा गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत गरे ।
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताउनुुभयो । उनीमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको छ ।
यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील हर्कत गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना हुन् । यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा देखिने गरेको छ । महानगरीय प्रहरी परिसरले दिएको जानकारीअनुसार सार्वजनिक यातायातमा महिलामा टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् ।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, “एक पटक महिलाको भित्री वस्त्र लुकाउने चोर्ने घटना पनि भयो ।” “यस्ता अनौठा प्रकृतिका घटना कहिलेकाहीँ देखिन्छ, यो मानसिक विकृति हो, मनस्थिति गडबडी भएका बेला यस्ता घटना हुन्छन् । कतिपय घटना अभिलेखसमेत हुन नसकेका पनि छन्, महिला देख्ने बित्तिकै उत्तेजित हुने घटना देखिएका छन्”, सुवेदीले थप जानकारी दिनुभयो । यस्ता घटना प्रायः गरेर अहिलेको पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति हो, भन्नुहुन्छ सुवेदी ।
सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाउन मद्दत गरिरहेको छ । मनोविद्का अनुसार यस्ता गतिविधि बढ्दै गएमा मान्छे एकोहोरो भएर जघन्य अपराधमा संलग्न हुने या आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैन । पछिल्ला यी घटनाहरू अध्ययन गर्दा उनीहरूले नियतवश योजनाबद्ध रूपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरूमाथि आक्रमण गरेर मन शान्त पार्ने गरेको देखिएको सुवेदीले बताउनुुभयो ।
मानसिक रोग विशेषज्ञ डा सिपी सेढाईंले यस्ता घटनाहरू परीक्षण नगरी यसै भन्न नसकिने उल्लेख गर्दै भन्नुहुन्छ, ‘सामान्यतः मदिरा, लागुुुुुुुऔषध दुुव्र्यसनको लत वा वंशाणुुगत तथा कसैकसैमा जन्मैदेखि नकारात्मक भाव पैदा हुने खालका व्यक्तिहरू महिलाप्रति आकर्षित हुने, जिस्काउने, ‘ब्लफकल’ गर्ने र अश्लील क्रियाकलाप गर्ने हुन्छन् ।’ ‘मेनिया (वाइपोलार डिसअडर) का कारणले पनि मानिस नकारात्मक क्रियाकलापमा उद्दत हुन्छन्, कुनै कुनै विगतका घटनाबाट असर परेर पनि हुनसक्छ’, उहाँले थप्नुुभयो ।
मनोविद् डा. नरेन्द्रकुमार ठगुन्ना कुनै पनि घटनाबाट असर परेका व्यक्तिमा पनि नकारात्मक भाव पैदा हुने र त्यो बेला उसले आत्मसन्तुष्टिका लागि अश्लील हर्कत देखाउने बताउनुहुन्छ । उहाँले मनोवैज्ञानिक रूपमा भन्दा यौनसँग सम्बन्धित मानसिक समस्या हो भन्नुुभयो । ‘यौनसँग सम्बन्धित मनोविकृति हो, यस्ता क्रियाकलाप गरेर उसले सन्तुष्टि लिने चाहना राख्छ, लामो समयसम्म भइरह्यो, परिवार सचेत भएन भने कडा खालको मानसिक समस्या उत्पन्न हुन सक्ने र कालान्तरमा अपराध र आत्महत्यासम्मको घटना हुनसक्ने हुन्छ ।’
महिला रातिमा एक्लै ननिस्कने, एक्लै नहिँड्ने, एकान्त ठाउँ र त्यस्ता व्यक्तिको जमघट हुने ठाउँमा सचेत हुने, शङ्कास्पद गतिविधि हुने तथा शङ्कास्पद स्थानबारे प्रहरीलाई खबर गरेमा घटनाबाट बच्न सकिने प्रहरीको भनाइ छ ।