13 C
Kathmandu
 

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए।

उनको छातीको बीच भागमा छुराले घोपिएको थियो। त्यसपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि आशिषलाई साथीहरूले चिरायु अस्पताल लगे। तर उनी बाँचेनन्।

हत्याको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको छ। यसमा र महानगरीय प्रहरी वृत्त, महाराजगन्जले पनि अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म प्रहरीले यस घटनामा संलग्न मुख्य आरोपी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरू सोही ठाउँका दिवस अधिकारी र रवि थापा मगर छन्।

त्यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीका अनुसार आशिषका साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

‘हामीले अहिले जम्मा ६ जनालाई नियन्त्रणमा लिएका छौं। जम्मा दुई पक्षका आठ जना थिए,’ उनले भने, ‘अब छुरा घोप्नेमध्येका दुई जना पक्राउ पर्न बाँकी छन्। पहिचान भइसकेको छ।’

मृतक आशिष मगर पेन्टिङको काम गर्थे। उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे।

एसएसपी ज्ञवालीका अनुसार घटना भएको ठाउँमा प्रहरी खासै पुग्दैन थियो। उनीहरू दुवैको समूह त्यस ठाउँमा लागुऔषध प्रयोग गर्थे।

‘पहिले केही मान्छे भेला भए। त्यसरी नै पछि त्यहाँ अरू पनि भेला भएर झडप भयो,’ उनले भने, ‘पछि लखेट्दा कसैले त्रिशूलले घोपेको भनेका छन् भने कसैले छुरा घोपेको भनेका छन्।’

यस घटनामा संलग्न अन्य दुई जना पनि पक्राउ परेपछि मात्रै सबै कुरा बाहिरिने उनले बताए।

त्यस्तै घटनामा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनीहरूबीच ‘ग्याङ फाइट’ भएको थियो। केही दिनअघि उनीहरूबीच केटीको विषयमा झडप भएको पनि उनले बताए।

‘केही दिनअघि उनीहरूबीच केटीको विषयमा झगडा भएको रहेछ। उनीहरू सबै लागुऔषध प्रयोग गर्नेहरू नै हुन्,’ ती प्रहरी अधिकृतले भने, ‘त्यसै विषयमा उनीहरूबीच सानोतिनो झगडा हुँदै आज बोलाएरै ग्याङ-ग्याङबीच झगडा भएको हो।’

झडप भएपछि कसैले छुरा निकालेर आशिषलाई हानेको उनले बताए।

‘यो घटना योजनाबद्ध नै भएको जस्तो देखिएको छ,’ उनले भने।

अहिले यस घटनामाथि प्रहरीले अनुसन्धान र अन्य दुई जनाको खोजी गरिरहेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...