13 C
Kathmandu
 

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ ।

मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेसनमै मृत्यु भएको हो ।

भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

भक्तपुर नगरपालिका–१ चुनदेवी बस्‍ने पुरुषमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए । – रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...