13 C
Kathmandu
 

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, घाइतेमध्ये तीन जनालाई हेलिकप्टरबाट पोखरा लगिँदै

काठमाडौं, कात्तिक १४। म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

दुर्घटनाबाट अन्नपूर्ण गाउँपालिका-२ गुरूङ तातोपानीका अन्दाजी १०-१२ वर्षीया रिया विकको मृत्यु भएको हो।

त्यस्तै, जीपमा सवार ११ जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक किरण कुँवरका अनुसार करिब साढे ११ बजे ठाँडाखनी भन्ने स्थानबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको डिएसपी कुँवरले बताए।

‘घाइतेहरूको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ,’उनले भने,’चालकसहित तीन जना गम्भीर अवस्थाका छन्।’

गम्भीर घाइते भएका चालकसहित तीन जनालाई उपचारको लागि हेलिकप्टरबाट पोखरास्थित मणिपाल अस्पताल लग्ने तयारी भइरहेको उनले बताए।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...