13 C
Kathmandu
 

पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा कोरोना सङ्क्रमण

कास्की । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का दुई पुरुष तथा तीन महिला, ५ की एक महिला, ६ का एक पुरुष, ७ का एक पुरुष तथा तीन महिला, ८ का दुई पुरुष तथा एक महिला र ९ का एक पुरुष तथा दुई महिला छन् । त्यस्तै १० की एक महिला, ११ का एक पुरुष, १२ की एक महिला, १५ का तीन पुरुष, १६ का तीन पुरुष, १७ का दुई पुरुष तथा दुईृ महिला, १८ का दुई पुरुष, २५ का एक पुरुष, २६ की एक महिला, २७ की एक महिला तथा वडा नखुलेका १४ पुरुष तथा ६ महिला रहेका छन् ।

त्यसैगरी स्याङ्जाका पालिका नखुलेका १ पुरुष तथा दुई महिला, तनहुँका पालिका नखुलेका दुई पुरुष तथा एक महिला, व्यास १ का एक पुरुष, ३ का १ पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला, पर्वतका पालिका नखुलेका एक पुरुष लमजुङ राइनास १ का एक पुरुष, सुन्दरबजारका वडा नखुलेका एक पुरुष, गोरखा सिरानचोक ४ का एक पुरुष र पालुङटार ८ का एक पुरुष, ३ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला छन् ।

त्यस्तै नवलपुर कावासोती १ का एक पुरुष, ३ का एक पुरुष, ५ का एक पुरुष, ८ का दुई पुरुष तथा एक महिला, ११ की एक महिला, १२ का एक पुरुष, १४ की एक महिला, १७ का एक पुरुष, गैँडाकोट २ का चार पुरुष तथा १ महिला, ४ का एक पुरुष, ८ की एक महिला, १७ की एक महिला, मध्यविन्दु ६ का दुई पुरुष, ७ की एक महिला र विनयत्रिवेणी ४ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ । -रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।...

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो। सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको...

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल...