17 C
Kathmandu
 

रुसमा एकैदिनमा झण्डै १८ हजार सङ्क्रमित, १५ लाख ८१ हजार नाघ्यो सङ्क्रमित संख्या

मस्को, कात्तिक १४। रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्यामा वृद्धि हुदै गइरहेको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए ।

रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए।

अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन्। अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो।

रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...