13.1 C
Kathmandu
 

महानिरीक्षक थापाद्वारा सुडान मिसनमा खटिने प्रहरीको बिदाइ

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) का रुपमा डार्फर, सुडानस्थित मिसन १७औं समूहमा खटिने प्रहरी टोलीको बिदाई गरिएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गरेका हुन् ।

आईजीपी थापाले उक्त समूहका कन्टिनजेन्ट कमान्डर प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे ।

समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायब उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायब निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी सातजना गरी १८० जना छन् । उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गराउने कार्यक्रम छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...