18.1 C
Kathmandu
 

उपत्यकामा कोरोना संक्रमित ७३ हजार पुगे, निको हुनेको संख्या साढे ५२ हजार नाघ्यो

काठमाडौं । राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको हो ।

उपत्यकामै अहिले कोरोनाका संक्रिय संक्रमित २० हजार ६६ जना रहेका मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या भने ५२ हजार ७०९ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या उपत्यकामा ३२८ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ जना पुगेका छन् । जसमा निको हुनेको संख्या ४२ हजार ५०४ जना छन् । सक्रिय संक्रमित १६ हजार ५२१ जना छन् । जसमध्ये १० हजार ५१० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ । यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५१९ पुगेको छ । जसमा निको हुनेको संख्या चार हजार ३८३ छन् । सक्रिय संक्रमितको संख्या एक हजार ७५ जना छन् । सक्रिय संक्रमितमध्ये ७१९ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ ।

ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार ३५० जना पुगेका छन् । जसमा निको हुनेको संख्या पाँच हजार ८२२ पुगेको छ । दुई हजार ४७० जना सक्रिय संक्रमित छन् । जसमध्ये दुई हजार ३६३ जना होम आइसोलेसनमा छन् ।

ललितपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशैभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । निको हुनेको संख्या एक लाख २४ हजार ८६२ छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर