12.1 C
Kathmandu
 

कांग्रेस बैठक असार २७ गतेसम्म स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २७ गतेसम्मका लागि स्थगित गरिएको छ । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्नआइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बेलुकी ढिलो गरी बसेको थियो ।

नेताहरुकाबीचमा १४ औं महाधिवेशन र रिक्त रहेका संरचना विस्तारको प्रक्रियासँगै समयावधिका बारेमा कुरो नमिलेका कारण बैठक बस्न ढिलो भएको स्रोतले जनाएको छ ।

निर्धारित समयभन्दा ढिलो गरी सुरू भएको बैठकमा केन्द्रीय सदस्य एनपी साउँदले  “नेपाली कांग्रेसको नियमावली, २०७६” प्रस्तुत गरेका थिए ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले बैठकको एजेण्डा प्रस्तुत गरेका थिए । कांग्रेसले जारी गरेको  नियमावलीको अध्ययन गरेर असार २७ गते १ बजे बैठक फेरि बस्‍ने गरी स्थगत गरिएको कांग्रेसले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर